Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


६.१ मेगावाटको अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा


0
Shares

दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुतगतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।

रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए ।

अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नम्बरबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ ।

अप्परमाईको पावरहाउसनजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताए ।

अप्परमाईबाट उत्पादित ९.९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत् केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाटसमेत उत्पादित विद्युत् करिडोरमार्फत् केन्द्रीय प्रसारणलाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए । रासस