Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रधानमन्त्रीले प्रमुख आयुक्त यादवलाई भने–‘निर्वाचनको तयारीमा रहनोस्’


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराएका थिए ।

प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचनबारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भने–‘निर्वाचन कानुन, मिति घोषणा हुँदा र नहुँदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका काम–कारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो ।’

सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसकारुपमा मनाउन लागेकाबारेमा पनि जानकारी गराएका थिए । रासस