Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


आइतबार सुनको भाउ २ सयले बढ्यो


0
Shares

आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो । यसदिन सुनको मूल्य प्रति १० ग्राम ४६ हजार ९ सय ८५ अर्थात् तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य शुक्रबार तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस ११ सय ८८ डलर हाराहारीमा कारोबार भएको थियो ।