Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


‘नेपाली उद्योगलाई सहुलियत दिएरै भएपनि प्रतिस्पर्धी बनाइने’


0
Shares

देउराली–जनता फर्मास्यूटिकल्स प्रालिको आइतबार राजधानीमा सम्पन्न २६औं वार्षिकोत्सवमा उनले नेपाली औषधिलाई प्रतिस्पर्धी बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देउराली–जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले नेपाली औषधि उद्योगलाई जे नियम लगाइन्छ, त्यही नियम विदेशी औषधि कम्पनीलाई पनि लगाइनुपर्ने बताए ।

स्वदेशी औषधि उद्योग र विदेशी औषधिलाई फरक नियम लगाइएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

नेपाली औषधि उद्योगलाई निरुत्साहित गर्ने काम नगर्न उनले औषधि व्यवस्थापन विभागलाई आग्रह पनि गरे ।

२०४५ सालमा स्थापित उद्योगले विभिन्न तीन सय थरिका औषधि उत्पादन गर्दै आएको जनाएको छ ।

जडित क्षमताको ७० प्रतिशत उत्पादन गरिरहेको उद्योगले बाँकी ३० प्रतिशत क्षमतालाई पनि नसारोग, मनानेचिकित्सालगायतका औषधि उत्पादनमा केन्द्रित गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीमा १ अर्ब २० करोड रुपैयाँ लगानी पुगेको उद्योगले जनाएको छ ।