Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


विगानलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा


0
Shares

गएराति भएको चौथो चरणको खेलमा म्यानचेस्टरले विगानलाई ४–० ले पराजित गरेको हो । मारोआन फेलाइनी, क्रिस स्मोलिङ, हेनरिक एमखितर्यान र बास्टिएन स्वान्सटाइगरले म्यानचेस्टरका लागि गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम समयमा फेलाइनीले गोल गरेपछि मध्यान्तरसम्म १–० को अग्रता बनाएको म्यानचेस्टरका लागि स्मोलिङले ५७ औं मिनेटमा अग्रता दोब्बर पारे ।

त्यस्तै ७४ औं मिनेटमा एमखितर्यान र ८१ औं मिनेटमा स्वान्सटाइगरले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो ।