Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मोर्चासँग प्रधानमन्त्री दाहाल छलफल गर्दै, निर्वाचनका लागि सहमति जुटाउने प्रयास


0
Shares

अघिल्लो मंगलबार पनि सत्तारुढ दल र मोर्चाबीच संविधान संशोधन र निर्वाचनबारे छलफल भएको थियो । तर मोर्चाले उक्त बैठकमा संशोधनका विषयमा सहमति नबन्दासम्म निर्वाचनमा जान नसकिने जनाएको थियो ।

सरकारको प्रमुखघटक नेपाली कांग्रेसले पनि छिटो स्थानीय चुनाव घोषणा गर्न प्रधानमन्त्रीलाई दबाव दिइरहेको छ ।भने संविधान संशोधनको विरोधमा रहेको प्रमुख विपक्षी एमालेले पनि चुनाव घोषणाको माग गर्दै आएको छ ।

यस्तोमा मोर्चाको सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

मधेसी मोर्चाका नेताहरु भने अहिलेकै अवस्थामा चुनाव घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी दिँदै छन् ।

आज हुने बैठकमा सत्तारुढ घटक कांग्रेसका नेताहरुलाई पनि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री दाहाल चुनावको मिति घोषणाका लागि मधेसी मोर्चाका नेतासँग सहमति खोज्ने प्रयासमा छन् ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल गर्न लागिएको हो । प्रमुख दलहरुबीच माघ १५ गतेभित्र स्थानीय चुनावको घोषणा गर्ने समझदारी भएपनि अहिलेसम्म चुनाव घोषणा गर्न सकिएको छैन ।