
धनकुटा । व्यक्तिगत विवरण यकिन गर्ने केन्द्रिकृत प्रणाली विकास नहुँदा धनकुटामा न्याय सम्पादनमा ढिलाइ हुने गरेको छ ।
व्यक्तिको ठेगाना पटकपटक परिवर्तन भइरहँदा प्रतिवादी भेट्नै समय लाग्ने भएकाले अदालती मुद्दा फैसलामा ढिलाइ हुने गरेको हो ।
मुद्दा दर्ता गर्दा पक्षले विपक्षको श्रेस्तामा उल्लेख भएकै नाम ठेगाना जनाउनुपर्छ ।
तर साविकको ठेगानामा मिल्ने गरि हालको ठेगाना र ब्यक्तिगत विवरण अद्यावधिक नगरिंदा अदालतलाई प्रतिवादी जुटाउन मुस्किल पर्ने गरेको हो ।
छिटोछिटो भैरहने बसाइँसराइ र विभिन्न राजनीतिक परिवर्तनसँगै ठाउँको नाम र सिमाना परिवर्तन हुँदा व्यक्ति र सरकारवादी मुद्दाका प्रतिवादी जुटाउनमै अदालतले लामो समय खर्चनुपर्ने बाध्यता रहेको जिल्ला अदालत धनकुटाका न्यायाधीश विनोदकुमार पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्