
झापामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा सशस्त्र प्रहरीमाथि नाटकीय जित हासिल गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
८६ मिनेटसम्म २-० ले पछाडि परेको हिमालयनले अन्तिम चार मिनेटमा दुई गोल गरेसंगै खेल निर्धारित ९० मिनेटसम्म बराबरी भयो ।
थपिएको २० मिनेटको खेलमा गोल नभएपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा ३-२ ले विजयी हुँदै हिमालयन शेर्पाले सनसनीपूर्ण जित हासिल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्