सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो ।
सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठओटै सदस्य मुलुकका परराष्ट्र/विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय संगठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् ।
गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सन्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले राससलाई बताए ।
पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नहुँदा नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो । रासस









प्रतिक्रिया दिनुहोस्