आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार हामीसँग कुरा गर्दै स्थानीय तहको निर्वाचन गराउने आधार नै स्थानीय तहको सिमाना, गाउँ र नगरपालिका निर्धारणलगायतका कुरा भएकाले त्यसको टुंगो नलागेसम्म निर्वाचन गर्न नसकिने बताए ।
उनले यी विषय टुंगो नलागेसम्म यथास्थितिमा चुनाव सम्भव नहुने जिकिर गरे ।
प्रवक्ता शर्माले निर्वाचनसम्बन्धी अत्यावश्यक कानुन पारित गर्नुका साथै स्थानीय तहको निर्वाचन गराउन आवश्यक सबै विधि र प्रक्रिया टुंग्याएर सहजता प्रदान गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरे ।
आयोगले अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम अघि बढाइरहेको भन्दै उनले कतिपय जिल्लाका गाविस र नगरपालिकाले आवश्यक तथ्यांक दिन ढिलाइ गरिरहेको गुनासोसमेत गरे ।
दलहरुबीच एक साताभित्र यी सबै विषयमा सहमति जुटाएर आवश्यक कानुन पारित भएमा जेठको अन्तिम सातासम्म स्थानीय तहको चुनाव गर्न सकिने आयोगको भनाइ छ ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्