
कान्तिपुर पब्लिकेसन्सले आफ्नो वार्षिकोत्सबको अवसर पारेर २०६७ सालदेखि निरन्तररुपमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगिताअन्तर्गत् २१ दशमलव १ किलोमिटर दुरीको हाफ म्याराथन, ५ किलोमिटर दुरीको कर्पोरेट–मिडिया रन तथा ३ किलोमिटर दुरीको ह्विलचियर रेस गरी तीन विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
हाफ म्याराथनतर्फ विजेता हुने महिला तथा पुरुष खेलाडीले समान ५० हजार रुपैयाँ र हिरोको स्कुटर प्राप्त गर्नेछन् ।
यस्तै, ह्विलचियर रेसतर्फको विजेता महिला तथा पुरुष खेलाडीले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिताका लागि आगामी फागुन १ गतेसम्म दरखास्त फारम खुला रहने आयोजक कान्तिपुर पब्लिकेसन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्