Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


धनगढी प्रिमियर लिग क्रिकेटलाई जगशक्ति स्टिलको सहप्रायोजन


0
Shares

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीको आयोजना हुन लागेको देशकै सर्वाधिक ठूलो धनराशीको प्रतियोगिता आगामी चैत ५ गतेदेखि धनगढीमा सुरु हुँदैछ ।

प्रतियोगितालाई प्रायोजन गरेबापत जगशक्ति स्टिलले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

नेपालमा पहिलोपटक ‘अक्सन’मार्फत् खेलाडी खरिद गरी आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण खेलहरु डिसहोम स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

सगरमाथा सिमेन्टले प्रमुख प्रायोजन गरेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरुको कप्तानीमा विभिन्न ६ टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।