Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


आर्मी झापा गोल्डकपको सेमिफाइनलमा, नवयुग र भरतले गरे गोल


0
Shares

मंगलबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिमा चारमा ठाउँ पक्का गरेको हो ।

आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र *भरत खवासले एक–एक गोल गरे ।

यसअघि सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

तेस्रो क्वार्टरफाइनलमा बुधबार झापा–११ ले सुदूरपश्चिमाञ्चल फुटबल टिमसँग खेल्नेछ ।

झापाले प्रिक्वार्टरफाइनलमा शेर फुटबल क्लबलाई हराएको थियो । सुदूरपश्चिमाञ्चललले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।

*भरत खवास हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ–सम्पादक ।