मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ ।
ट्रान्सवर्ल्ड म्यानपावरमार्फत् मलेसियाको टामन्डियाको इलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत् झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिनअगाडि मृत्यु भएको थियो ।
मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको उनका परिवारका सदस्यले बताएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्