२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


अमेरिकामा मन्त्री छनोट प्रक्रियालाई डेमोक्रेट सांसदहरुद्धारा बहिष्कार


0
Shares

ट्रम्पले शपथ लिएको दोस्रो हप्तामै उनको छनौटविरुद्ध भएको बहिष्कारसँगै मतदान प्रक्रिया पछि धकेलिएको छ ।

मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टीफन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप जानकारीको माग गर्दै मतदान प्रक्रिया बहिष्कार गरिएको हो ।

योसँगै मनोनित महान्यायाधिवक्ता जोफ सेसन माथिको मतदान पनि सरेको छ । ट्रम्पले आप्रवासनसम्बन्धी निर्देशनको वैधतामा प्रश्न उठाएपछि कार्यवाहक महान्यायाधिवक्ता स्याली यट्सलाई बर्खास्त गरेका थिए ।

ट्रम्पको निर्देशनमा सात मुश्लिम बहुल मुलुकका नागरिकको अमेरिका आगमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ । ट्रम्पले मनोनित गरेका अरु प्रतिनिधि भने मतदानबाट चुनिइसकेका छन् । (एजेन्सी)