Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


चेल्सी र लिभरपुल बराबरीमा रोकिए, वाट्फोर्डसँग आर्सनल पराजित


0
Shares

लिभरपुलको मैदान एन्फील्डमा भएको खेल १-१ गोलको बराबरीमा टुंगिएको हो । खेलमा चेल्सीका डेभिड लुइजले पहिलो गोल गरेपनि लिरभपुलका जर्जीनो वहाल्दमले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गत राती भएको अर्को खेलमा आर्सनललाई वाट्फोर्डले पराजित गरेको छ ।

पाहुना टोली वाट्फोर्डलाई विजयी गराउन योनुस काबुल र ट्रोए डिनीले एक एक गोल गरेका थिए । आर्सनलका लागि अलेक्स ईओबीले एक गोल फर्काए ।

इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत राती भएका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले सण्डरल्याण्डसँग गोलरहित बराबरी खेल्दा मिडिल्सब्रो र वेष्ट ब्रोमले १-१ गोलको बराबरीमा चित्त बुझाए ।

क्रिष्टल प्यालेसले बर्नमाउथलाई २-० ले हराँउदा बर्न्लेले लेष्टर सिटीलाई १-० ले हराएको छ । रातीका खेलहरुपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।

समान खेलबाट ४७/४७ अंक जोडेका टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानको लिभरपुलको भने ४६ अंक छ ।