२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


राष्ट्रपतिको सम्बोधनकै क्रममा बेहोस भएका सांसदको निधन


0
Shares

भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहेका सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा बुधबार बिहानै निधन भएको हो ।

७८ वर्षीय ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वाचित भएका थिए ।

मंगलबार संसदको संयुक्त बैठकलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गरिरहँदा सांसद ई अहमद आफ्नै सीटमा अचानक बेहोस भएका थिए । संसद परिसरमै प्राथमिक उपचारपछि उनलाई उपचारका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो ।

ई अहमद इन्डियन मुस्लिम लिगका राष्ट्रिय अध्यक्ष थिए । मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा उनी विदेश राज्यमन्त्री थिए । उनले रेल राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका थिए । (एजेन्सी)