२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


युक्रेनमा चर्किएको संघर्ष तत्काल रोक्न सुरक्षा परिषदको आह्वान


0
Shares

संघर्षका कारण सर्वसाधरणमा गम्भीर प्रभाव परेको परिषदको ठहर छ । पृथकतावादीहरुले नियन्त्रण गरेको क्षेत्र नजिक रहेको अम्डिम्कामाथि उनीहरुले आक्रमण गरेपछि भिडन्त शुरु भएको युक्रेनी सेनाले जनाएको छ ।

भिडन्त चर्किएपछि हजारौं स्थानीय बिजुली र पानीको सेवाबाट बञ्चित भएका छन् । युक्रेन सरकारले शहरमा मानवीय संकट निम्तन नदिन सर्वसाधरणलाई अन्यत्र सार्ने तयारी भैरहेको जनाएको छ ।

संघर्षरत पक्षले एकार्कामाथि हिंसा चर्काएको आरोप लगाएका छन् । सन् २०१४ मा रुस समर्थक विद्रोहीबाट फिर्ता लिइएको अम्डिम्कालाई युक्रेनी सेनाले आफ्नो मुख्य आधार क्षेत्र मानेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरे लगत्तै त्यहाँ हिंसा चर्केको हो ।

सन् २०१४ रुसले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि सुरु भएको संघर्षमा ९ हजार ७ सयभन्दा धेरै मारिएका थिए । (एजेन्सी)