पर्वतको कुश्माबजारमा बुधबार सरोकारवालाहरुसँगको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त डा. यादवले सामान्यतः घोषणा भएपछि निर्वाचन गराउन १२० दिन लाग्ने भएपनि आफूहरुले ९० दिनभित्रै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले स्थानीय तह वा निकाय के–को निर्वाचन गर्ने भन्नेमा अझै अन्योल नै रहेको बताए ।
सरकारले स्थानीय निर्वाचनको घोषणा गर्ने बताइरहे पनि कुन निर्वाचन हुनेमा अझै अन्योल देखिएको उनको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले सर्वसाधारणलाई अब कुन निर्वाचन हुन्छ भन्ने सरकारले स्पस्ट पार्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्