संवैधानिक परिषदले पूर्वप्रशासक ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सिफारिस गरिएका आयुक्तहरुविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।
सिफारिस गरिएकाहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।





प्रतिक्रिया दिनुहोस्