Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


खाना पकाउने ग्यासको भाउ बढ्यो


0
Shares

                                                                                    फाइल फोटो
नेपाल आयल निगम व्यवस्थापनको बुधबार बसेको बैठकले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १३ सय ५० रुपैयाँ पुर्‍याएको हो ।

यसअघि, ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँ रहेको थियो ।

बढेको मूल्य बुधबार (आज) राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

भारतीय आयल कर्पोरेसनले फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार निगमलाई ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको दाबी गरिएको छ ।