अघिल्लो दिन उतार–चढाव हुँदै दोहोरो अंकले सकारात्मक रहेर थामिएको बजार यसदिन ‘बुलिस ट्रेन्ड’मा उकालो लाग्यो । नेप्से ६३ अंकले उकालो लागेर १३ सय उनाननब्बे पुगेर थामियो ।
कारोबार भएका सबै समूह सकरात्मक रहे । बीमा समूह सबैभन्दा उच्च ३ सय ७६ अंकले बढ्यो । जलविद्युत् समूह ८० अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहमा पनि ६४ अंकको सुधार आयो । विकास बैंक समूहमा ५६ अंक र होटल समूहमा ४४ अंकको बृद्धि आयो ।
यस्तै, अन्य समूह २५ अंक र वित्त समूह पनि १९ अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १८ लाख ३३ हजार कित्ता सेयर ६० करोड ७० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्