अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर तोलाको ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार पनि तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ८ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय १२ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्