२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अमेरिकाको विदेश मन्त्रीमा रेक्स टिल्लर्सनको नाम पक्का


0
Shares

टिल्लर्सनको पक्षमा ५६ तथा विपक्षमा ४३ मत परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गर्नुभएका टिल्लर्सन एक्सन मोबिलका पूर्व प्रमुख कार्यकारी अधिकृत छन् ।

ट्रम्पले शिक्षा तथा वित्त मन्त्रीका लागि प्रस्ताव गरेकाको अनुमोदनका लागि तय भएको मतदान प्रक्रिया डेमोक्रेटिक पार्टीका सिनेटरले बहिस्कार गरेपछि विदेश मन्त्रीका लागि प्रस्तावित टिल्लर्सनको प्रक्रिया अघि बढाइएको थियो ।

रुससँग नजिकको सम्बन्ध रहेका टिल्लर्सनले संसदीय सुनुवाईमा निकै कठिन प्रश्नको सामना गर्नुपरेको थियो ।

रुससँग टिल्लर्सनको व्यवसायिक सम्बन्ध रहेको र यसले देशको सुरक्षामा खतरा पर्न सक्नेमा डेमोक्रेटिक र केही रिपब्लिकन सिनेटरले चिन्ता जनाएका थिए ।

टिल्लर्सनले रुससँग सचेत भएर सम्बन्ध राख्नुपर्ने स्वीकारे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियासहितका देशमा युद्ध अपराध गरेको कुरा भने स्विकारेनन् ।

यसअघि कुनै पनि राजनीतिक अनुभव नभएकाले टिल्लर्सनले जिम्मेवारी राम्रोसँग सम्हाल्नेमा डेमोक्रेटिकहरुको शंका रहेको छ । (एजेन्सी)