सगुनमा विश्वभरबाट लगानीकर्ताहरुले कसरी लगानी गर्ने भनेर चासो देखाएका छन् । स्टार्ट अप चरणमा रहेको यस कम्पनीले थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्न लागेको हो ।
सन् २०१२ मा आएको अमेरिकी जब्स एक्टले स्टार्ट अप कम्पनीलाई थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्ने अबसर दिएसगै सर्वसाधारणले बिश्वभरीबाट लगानी अवसर पाउने भएका छन् ।
सगुन यस कानुनलाई उपयोग गरेर अमेरिकी सेयर बजारमा छिर्ने सम्भवत पहिलो समाजिक सञ्जालको कम्पनी हो ।
सगुनको आधिकारिक पेज मा बताइए अनुसार सर्वसाधारणले यहि फेब्रुअरी ९ तारिक देखि मिनी आइपिओको सेयर खरिद गर्न सक्नेछन् ।
विदेशमा बसेर रातदिन दुःख गरेर बचत गरेको रकम कतै लगानी गर्ने सोच बनाउनु भएको छ ?
नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएपछि विदेशमा रहेका नेपालीलाई लगानीको एउटा राम्रो अबसर आएको छ ।
सेयरको ग्लोबल मार्केटमा नेपालीले स्थापना गरेको एउटा स्टार्ट अप कम्पनी सगुन इंकले अर्को साता मिनी आइपिओ जारी गर्दै छ ।
नेपालीले ग्लोबल सेयर मार्केटमा लिस्टिङ हुन लागेको कम्पनीमा लगानी गर्न पाउनु अभूतपूर्व अबसर हो ।
अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरजस्तै बन्न सक्ने सम्भावन बोकेको सगुनमा थोरै रकम बचाउनेहरुका लागि पहिलो पल्ट यस्तो अबसर आउन लागेको हो ।
सगुनले मिनी आइपिओबाट २ अर्ब रुपैयाँ बराबर जुटाउने तयारी गरेको छ । संसारभर रहेका लगानीकर्ताले सगुनमा लगानी गर्न सक्छन् ।
सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालको कानुनले विदेशमा लगानी लैजान रोक लगाएको छ ।
त्यसैले सगुनले विदेशमा रहेका नेपालीलाई मिनी आइपिओमा समेट्ने लक्ष लिएको छ । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ ।
मिनि आइपीओमा सगुनले प्रतिकित्ता २३ रुपैयाँ दरका ८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ । सगुनको चुक्ता पूँजीको यो करिव २१ प्रतिशत हो ।
सगुनमा लगानी गर्न चाहने हरेक ब्यक्तिले कम्तिमा २ सय ९९ डलर अर्थात करिव ३० हजार रुपैयाँ लगानी गर्न सक्छन्। यो भनेको १३ कित्ता सेयर बराबर हो । त्यसभन्दा बढी लगानी गर्न कुनै सीमा छैन ।
सेयर आवेदन खुलेपछि भने सेयर तुरुन्त नभरे पाउने सम्भावना न्युन हुन्छ । पहिले सेयर भर्नेहरुले तोकिएको कित्ताको सीमासम्म आवेदन गरे सेयर निस्कासन बन्द हुने छ ।
नेपालमा जस्तो तोकिएको दिनसम्म आवेदन लिएर सबै आवेदकलाई चिठ्ठाका आधारमा सेयर बाँडफाँट गर्ने प्रक्रिया यसमा अपनाइँदैन ।
सगुनले मिनी आइपिओमा लगानी गर्न चाहनेहरुका लागि यसको वेवसाइटमा इच्छा जाहेर गर्न पाउने ब्यवस्था खुल्ला गरेको थियो । इच्छा जाहेर गर्नेहरुका लागि सगुनले पहिल्यै सेयर खुलेको सूचना इमेलमार्फत उपलब्ध गराउने छ ।
सगुनमा लगानी गर्न चाहनेले केही प्रक्रियाहरु पूरा गर्नु पर्छ । अमेरिकामा रहेकाहरुले विद्युतीय माध्यमबाट रकम तिर्न सक्नेछन् ।
त्यसका लागि बैंक खाता नम्बर र बैंकको राउटिङ नम्बर आवश्यक पर्छ । उनीहरुले चेकबाट पनि रकम तिर्न सक्नेछन् ।
अमेरिका बाहिर बसोबास गर्नेहरुले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्छन् ।
लगानीकर्ताले किनबेच विवरणपत्र र सेयर ब्रोकरकम्पनीले कम्पनीको बैंक खाताको विवरण स्थानीय बैंकलाई उपलब्ध गराएपछि स्थानीय बैंकले रकम पठाइ दिन्छ ।
रकम पठाउँदा लाग्ने शुल्क लगानीकर्ता आफैंले तिर्नु पर्छ । लगानी गर्न उमेरको कुनै सीमा तोकिएको छैन ।









प्रतिक्रिया दिनुहोस्