Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


ग्यासको मूल्यवृद्धि फिर्ता गर्न माग


0
Shares

                                                                                         फाइल फोटो
नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ वृद्धि गरेको थियो ।

गत महिनासमेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्यवृद्धि गरी केही हदसम्म स्थिर रहेको आर्थिक बजारलाई अस्थिर पार्ने काम गरेको मञ्चले आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रतिव्यारेल ५० देखि ५२ डलरको हाराहारीमा स्थिर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा निगमले मूल्यवृद्धि गरेको कार्यप्रति मञ्चले विरोध जनाएको छ ।

‘विगत दुई वर्षदेखि अत्याधिक नाफामा चलिरहेको निगमले विगतमा रु २०० सम्म घाटामा बेच्न सकिने खाना पकाउने ग्यासमा अहिले मूल्य बढेको बहानामा मूल्यवृद्धि गर्नु आम उपभोक्तलाई ठगेर कर्मचारीलाई बोनस बाँड्ने कार्यबाहेक अरु केही होइन’–राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनद्वारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमको स्वेच्छाचारी कदमको विरोध गर्दै मञ्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आपूर्ति मन्त्रालयसमक्ष मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । रासस

Skip This