Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको पहिलो जित, दक्षिण अफ्रिका ६ विकेटले पराजित


0
Shares

भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् विहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।

खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित् २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनायो ।

नेपालका लागि सुनील रानामगरले २ विकेट लिँदा कृतन श्रेष्ठले १ विकेट लिए । बाँकी २ विकेट नेपालले रनआउटमार्फत् प्राप्त गरेको थियो ।

१४७ रनको विजयी लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा पूरा ग¥यो । नेपालका लागि सुनील सुवेदीले अविजित ४६ रनको योगदान गर्दा सुनील रानामगरले ३८ रन जोडे ।

१० टोली सहभागी दृष्टिविहीन विश्वकपमा नेपालमात्रै टेष्ट नखेल्ने राष्ट्र हो ।

प्रतियोगिताको पहिलो खेलमा अष्ट्रेलियासँग १० विकेटले हारेको नेपाल बुधबार भएको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो ।

प्रतियोगिताअन्तर्गत् आफ्नो आगामी खेलमा नेपालले पाकिस्तानको सामना गर्नेछ ।