२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक स्थायित्व कायम भएकाले दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन् ।

जाइका एलुम्नाई एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जापानले नेपाललाई हरेक परिस्थितिमा सहयोग गरेको र यो सम्बन्ध निरन्तर रहनेमा आफू आशावादी रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र जापान शान्तिप्रेमी मुलुक भएकाले पनि एक आपसको सम्बन्ध सुमधुर भएको बताए ।

उनले जापानका हिरोशिमा र नागासाकी जस्ता शहर दुर्भाग्यको सामना गरेर पनि आर्थिक विकासमा अघि बढेको भन्दै जापानबाट नेपालले प्रविधिको सहयोगको अपेक्षा गरेको बताए ।  कार्यक्रममा एसोसिएसनको वार्षिक प्रकाशन मिलन सार्वजनिक गरिएको थियो ।