
विहीबार बिर्ताबजारस्थित डोमलाल राजवंशी रंगशालामा भएको खेलमा मनाङले काठमाडौंको न्यूरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
मनाङको जितमा निराजन मल्लले २ तथा सुशील लामा र विदेशी खेलाडी ओलावालेले १–१ गोल गरे ।
योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघिका खेलमा जित दर्ता गर्दै झापा–११, त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार आयोजक टोली झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौंबीच पहिलो सेमिफाइनल खेल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्