Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


विहीबार सेयर बजार पुनः ऋणात्मक


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले ऋणात्मक रहेर १३ सय ८२ मा आएर थामियो ।

सुरुआती समयमा उच्चदरले उकालो लागेर १४ सय १५ पुगेको नेप्से त्यसयता झर्दैै ऋणात्मक बन्न पुगेको हो । कारोबार भएकामध्ये अधिकांशजसो समूह ओरालो लागे ।

होटल समूहमा सबैभन्दा उच्च ३२ अंकको गिरावट आयो । बीमा समूह २६ अंक र जलविद्युत् समूह २३ अंकले झर्‍यो । अन्य समूहमा पनि दोहोरो अंकको कमी आयो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे । विकास बैंक समूह भने नगन्य अंकले सकारात्मक रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको १२ लाख ९५ हजार कित्ता सेयर ५४ करोड ३२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।