
मानवअधिकारवादी संगठन रिप्रिवले यमनको एक गाउँमा शनिबार भएको आक्रमणमा कम्तीमा २३ जना सर्वसाधारण मारिएको जनाएको छ । मारिनेमध्ये ८ वर्षीया बालिकासमेत रहेको बताइएको छ । उनका बाबुको सन् २०११ मा अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बनेपछि यो अभियानलाई अनुमति दिएका थिए ।
यसअघि अमेरिकी सेनाले गाउँमा गरिएको आक्रमणमा नौसेनाका एक जवानको मृत्यु भएको र अन्य तीन जना घाइते भएको जनाएको थियो । तर अहिले अमेरिकी सेन्ट्रल कमान्डले मारिनेमा बालबालिकासमेत हुनसक्ने जनाएको हो ।
ह्वाइट हाउसका प्रवक्ता शान स्पाइसरले कुनै व्यक्तिको ज्यान गयो वा घाइते भयो भने त्यो कामलाई पूर्णरुपमा सफल भन्न मुस्किल पर्ने बताए । तर उनले यमनमा गरिएको कारबाही कसैको जिन्दगी बचाउनकै लागि गरिएकाले त्यो सफल भएको दाबी गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्