
शहरी स्थानीय निकायको निर्वाचनमा महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएपछि स्थानीय जनजाति समूह विरोधमा उत्रिएका हुन् । मुख्यमन्त्री टीआर जेलिआङ्ग र उनको मन्त्रिपरिषदको माग गर्दै व्यापक हिंस्रक प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीहरुले कयौं सरकारी कार्यालयमा आगजनी गरेका छन् । हालत नियन्त्रणभन्दा बाहिर हुँदै गएपछि नागाल्याण्ड प्रहरीको मद्दतका लागि सेनाको टोली पठाइएको छ ।
राज्यको डिमापुरमा केहीदिन अघि विरोध प्रदर्शन सुरु भएको थियो । मंगलबार त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । सोही क्रममा प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएपछि प्रदर्शनकारीहरु उग्र बनेका हुन् ।
दुई प्रदर्शनकारी मारिएको घटनाको विरोधमा प्रान्तीय राजधानी कोहिमामा भेला भएका हजारौं प्रदर्शनकारीले विभिन्न सरकारी कार्यालयमा आगजनी गरेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्