२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता आर्नोल्डले दिए चुनौती


0
Shares

एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले श्वार्जनेरद्वारा संचालित टेलिभिजन कार्यक्रमको लोकप्रियता घट्दै गएको भन्दै उपस्थित सर्वसाधारणलाई श्वार्जनेगरको लोकप्रियता बढाउनका लागि प्रार्थना गर्न भनेका थिए ।

कुनै समय आफूले नै संचालन गरेको उक्त कार्यक्रममा बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘म आर्नोल्ड श्वार्जनेगरका लागि प्रार्थना गर्दछु कि त्यो कार्यक्रमको लोकप्रियता पहिलेजस्तै बनोस् ।’

जवाफमा आर्नोल्ड श्वार्जनेगरले ट्वीटरमा भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘म सँगै एउटा तरिका छ, हामी आफ्नो पेशा परिवर्तन गरौं, तपाई टेलिभिजन कार्यक्रमको लोकप्रियता बढाउन माहिर हुनुहुन्छ, म तपाईको ठाउँमा गएर काम गर्छु जसबाट जनताले चैनसँग सुत्न पाउनेछन् ।’

उल्लेखनीय छ, आर्नोल्ड र ट्रम्प एकै पार्टीका हुन् । आर्नोल्डले रिपब्लिकन पार्टीबाटै क्यालिफोर्निया राज्यको गभर्नर भएर राजनीतिमा काम गरिसकेका छन् । ट्रम्पले पनि टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा ‘दि एपरेन्टिस’ संचालन गरेका थिए । राष्ट्रपतिको उम्मेदवारका रुपमा सक्रिय भएपछि उनले सो कार्यक्रम संचालन गर्न छाडेका थिए । उनको ठाउँमा हाल श्वार्जनेगरले कार्यक्रम संचालन गर्दै आएका छन् । कार्यक्रमको नाम परिवर्तन गरेर ‘सेलिब्रिटी एपरेन्टिस’ राखिएको छ ।

ट्रम्पले क्याथोलिक चर्चको वार्षिक कार्यक्रम ‘नेशनल प्रेयर ब्रेकफास्ट’ मा भने, ‘जब मैले राष्ट्रपति पदका लागि निर्वाचनमा भाग लिने फैसला गरेँ, मैले उक्त शो छाड्नु पर्‍यो, मेरो ठाउँमा आर्नोल्डलाई लिइयो । त्यसपछि के भयो भन्नेकुरा हामी सबैलाई थाहा छ । शोको लोकप्रियता गिर्दो छ ।, म चाहन्छु शो र आर्नोल्डका लागि प्रार्थना गरौं ।’ (एजेन्सी)