अव्यस्थितरुपमा खनिएका मोटरबाटोका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा र संरक्षणमा राज्यको ध्यान नदिँदा पदमार्ग छोटिँदै गएको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
विश्वकै प्रसिद्ध अन्नपूर्ण पदमार्ग मोटरबाटोकै कारण संकटमा परेको छ । २१ दिन लाग्ने यो पदमार्ग अहिले पाँच दिनमा झरेको छ । विश्वप्रसिद्ध पदमार्ग छोटिँदै जाँदासमेत राज्यले खासै चासो नदिएको भन्दै यसको विकल्प खोज्न व्यवसायीले माग गरेका छन् ।
६० प्रतिशत पर्यटक पदयात्राका लागि नेपाल आउने गरेका छन् । बाँकी पर्यटक भने काठमाडौं, लुम्बिनी, चितवन र पोखरामा घुमेर फर्कने गर्दछन् । नेपालको संस्कृति र प्राकृतिक सौन्दर्यतामा रमाउनका लागि पर्यटकहरु आउने गरेका छन् ।
पदमार्गलाई संरक्षरण गर्न नसकिए नेपाल आउने पर्यटकको संख्या घट्ने व्यवसायीहरु बताउँछन् । पदमार्गमा खोलिएका होटल, रेष्टुरेण्टहरु बन्द हुँदै जानु, अधिकांश पदमार्ग विस्थापित हुनु, नयाँको खोजी नगरिनुजस्ता कारणले पदयात्रामा रमाउने पर्यटकको आगमन कम हुँदै गएको छ ।
अन्नपूर्ण पदमार्गमा सन् २०१४ मा १ लाख २९ हजार ९ सय ६४ पर्यटक पुगे पनि त्यसयता भने घट्दै गएको व्यवसायीहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्