२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


सत्ताधारी गठबन्धनको आपतकालीन आदेशविरुद्ध रोमानियामा विशाल प्रदर्शन


0
Shares

४८ हजार डलरभन्दा कम रकमको भ्रष्टाचारमा सामेल सार्वजनिक पदधारी व्यक्तिलाई जेल सजाय नहुने सरकारी आदेशको विरोधमा प्रदर्शन भएको हो । राजधानी बुखारेष्टमा मात्रै ८० हजार भन्दा धेरै सर्वसाधारणले प्रदर्शन गरेको बताइएको छ ।

यस्तै देशका अन्य शहरहरुमा पनि प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारविरुद्ध यो सन् १९८९ पछि कै विशाल प्रदर्शन भएको बताइएको छ ।

सन् २००७ मा युरोपेली युनियनमा सामेल भएयता भ्रष्टाचारको क्षेत्रमा रोमानियाले हासिल गरेको सफलतालाई यो आदेशले उल्ट्याउन सक्ने आलोचकले बताएका छन् । प्रधानमन्त्री सोरिन ग्रीनड्यानुले आफ्नो आदेश फिर्ता नलिने बताएका छन् । तर राष्ट्रपति क्लाउस योहानीसले त्यो आदेशलाई संवैधानिक अदालतमा चुनौती दिइने बताएका छन् । (एजेन्सी)