बैतडी । बैतडीको दुर्गम शिगास गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँको लागतमा आफ्नै भवन निर्माण गर्न सुरु गरेको छ ।
गाउँपालिकाको केन्द्र तोकेको ठाउँ वडा नं ८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण गर्न लागेको हो ।
गाउँपालिकाले उपभोक्ता समिति मार्फत ७ महिना अगाडिदेखि अढाई तले भवन निर्माण कार्य गरिरहेको अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
१२ कोठाको भवनसँगै एक सभा हलसमेत निर्माण गरिने भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा कोठा भाडामा लिएर सेवा दिइरहेको छ ।
भवन निर्माण कार्यलाई तीव्र रुपमा अगाडि बढाइएकाले एक वर्षभित्रै सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्