२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


उत्तर कोरियाले परमाणु हतियार प्रयोग गरे परिणाम नराम्रो हुने अमेरिकी चेतावनी


0
Shares

दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी *रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाले हालसम्म गर्दै आएको परमाणु परीक्षण अवैध रहेको भन्दै तत्काल रोक्न उत्तर कोरियालाई सुझाव पनि दिए ।

उनले ‘अमेरिका वा अमेरिकी साथीलाई गरिने कुनैपनि प्रकारको आक्रमण सैह्य नहुने र घुँडा टेकाइने’ भन्दै उत्तर कोरियाले त्यस्तो सपना देखेको भए पूर्णरुपमा कारबाही भोग्न तयार हुनुपर्ने पनि चेतावनी दिए ।

दक्षिण कोरियासँगको सम्बन्ध निरन्तर रहने भन्दै उनले अमेरिकी सहयोग पनि जारी रहने वाचा गरे ।

दक्षिण कोरियामा अमेरिकी मिसाइल रक्षा प्रणाली जडान गरिने पनि उनले बताए ।

दक्षिण कोरिया र जापानमा दोस्रो विश्वयुद्धपछि हालसम्म पनि अमेरिकी सेना निरन्तर खटाइएका छन् ।

२८ हजार पाँच सय अमेरिकी सैन्यका लागि कोरियाले ९ सय मिलियन डलर वर्षेनि खर्च गरिरहेको छ ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ती देशमा आफ्ना सैनिक निरन्तर रहने हुन् भने दुबै देशले बढी पैसा भुक्तान गर्नुपर्ने चुनावी प्रचारकाक्रममा बताएका थिए । (एजेन्सी)

*रक्षामन्त्री हुनुपर्ने ठाउँमा यसअघि अन्यथा पर्न गएकोले सच्याइएको छ–सम्पादक ।