२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


भारतको राष्ट्रपति कार्यालयमा आगोलागी


0
Shares

सरकारी उच्च अधिकारीहरुले आगोलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पस्ट पारेका छन् ।

स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगोलागी सुरु भएको थियो ।

आगोलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् ।

विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगोलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ ।

बेलायतले भारतमा शासन गरेकोबेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् । रासस/सिन्ह्वा