
शुक्रबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै झापाले फाइनलमा ठाउँ बनाएको हो ।
झापालाई जिताउन कर्ण लिम्बुले २ गोल गरे भने बुद्ध चेम्जोङ र खमिर गिल्सन कन्दंग्वाले एक–एक गोल गरे ।
मध्यान्तरअघि एक गोल गरेको झापाले खेलको अन्तिम ११ मिनेटमा ३ गोल थपेको हो ।
२ गोल गरेका कर्ण खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
क्वार्टरफाइनलमा सुदूरपश्चिम टिमलाई हराएर झापा तथा सशस्त्र प्रहरीलाई हराएर हिमालयनले सेमिफाइनलमा ठाउँ बनाएको थियो ।
दोस्रो सेमिफाइनलमा शनिबार मनाङ–मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
क्वार्टरफाइनलमा मनाङले न्यूरोड टिम (एनआरटी)लाई ४–० ले तथा आर्मीले रुपन्देही–११ लाई २–० ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्