२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


केरुङ–काठमाडौं रेलमार्गको अध्ययन हुँदै, रारातालमा मन्त्रिपरिषद बैठक गरिन्छ : प्रधानमन्त्री


0
Shares

माओवादी केन्द्रसम्बद्ध नेपाल पर्यटन व्यवसायी संगठनको शुक्रबार राजधानीमा आयोजित एकता भेलालाई सम्बोधन गर्दै उनले पर्यटन पूर्वाधारको विकास तीव्रगतिमा अघि बढाइने बताए ।

केरुङ–काठमाडौं रेलमार्गको अध्ययन भइरहेको भन्दै उनले ल्हासादेखि लुम्बिनीसम्म रेलमार्ग जोड्नेलगायतका काम अघि बढ्ने जिकिर पनि प्रधानमन्त्री दाहालले गरे ।

उत्तरतर्फका नाकाहरु खोलेर सडक सन्जाल जोड्ने काम पनि अघि बढाउने भन्दै उनले छिट्टै नै मुगुको रारातालमा मन्त्रिपरिषदको बैठक राख्ने दाबी पनि गरे ।

कार्यक्रममा पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रको समस्या समाधानका लागि पर्यटन परिषद्को बैठक बस्नुपर्नेमा जोड दिएका थिए ।