२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


आइएस लडाकू खानेपानीको हाहाकारमा


0
Shares

लामो समयदेखि आइएसको कब्जामा रहेको सो सहरमा केही दिनअघि अमेरिकी गठबन्धन सेनाले गरेको हवाई हमलाका कारण पाइपलाइनमा क्षति पुगेपछि खानेपानीको हाहाकार भएको हो ।

पाइपलाइनमा क्षति पुगेपछि आइएसले वैकल्पिक बाटोका लागि रक्का सहरनजिकैको डियर अल जोरमा आक्रमणको प्रयास गरेको सिरियाली अधिकारीहरुले जनाएका छन् ।

सिरियामा कुर्दिस र अमेरिकी गठबन्धन सेनाले संयुक्तरुपमा आइएसविरुद्ध हवाई र स्थलगत कारबाही जारी राखेका छन् ।

सोहीक्रममा गठबन्धन सेनाले गरेको हवाई हमलामा रक्का सहरको एउटा पुलमा क्षति पुगेको छ, जसका कारण आइएस कार्यकर्तालाई आवत–जावत गर्नसमेत मुस्किल भएको जनाइएको छ । (एजेन्सी)