Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


बैंकहरुले क्षमताभन्दा बढी कर्जा प्रवाह गर्दा बैंकहरुमा रकम अभाव : डेपुटी गभर्नर


0
Shares

सरकारी कोषमा रकम सन्चित हुँदा बैंक तथा वित्तीय संस्थामा कर्जा अभाव भएको अधिकारीहरुले नै बताएका छन् ।

बैंकहरुमा तरलता अभाव नभएपनि कर्जा दिने रकमको अभाव हुनुको प्रमुख कारक पुँजीगत खर्च हुन नसक्नु नै रहेको बताउँछन्, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी ।

शुक्रबार हामीसँग कुरा गर्दै डेपुटी गभर्नर शिवाकोटीले बैंकहरुले कर्जा प्रवाह गरेको अनुपातमा निक्षेप संकलन गर्न नसक्दा र क्षमताभन्दा बढी कर्जा प्रवाह गर्दा बैंकहरुमा रकमको समस्या आएको बताए ।

कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत बढी पुर्‍याएका संस्थाको कर्जा प्रवाह रोकिएको भन्दै उनले बचतमा ब्याज बढाएर निक्षेप बढाउनेतर्फ लाग्न आग्रह गरे ।

उनले बचतको ब्याजदर ६/७ प्रतिशत र लगानीको ब्याजदर ११/१२ प्रतिशत बनाउनुपर्ने भन्दै बैंकहरुसँग छलफल गरिरहेको बताए ।

उनले कर्जा कोष अनुपात नबढाउने प्रस्ट पार्दै सीआरआर बढाउँदैमा समस्या समाधान नहुने बताए ।

डेपुटी गभर्नर शिवाकोटी पुँजी बृद्धिका लागि मर्जरभन्दा अन्य वित्तीय संस्थाबाट ऋण लिइ हकप्रद शेयरमार्फत् पुँजी बढाउन खोज्दासमेत बैंकमा कर्जा दिने रकमको अभाव भएको बताउँछन् । यसलाई सुधार्न उनले आग्रह गरे ।

बजारमा तरलताको अभाव नभएको भन्दै उनले तरलता अभाव हुन केन्द्रीय बैंकले नदिने पनि प्रस्ट पारे ।

कर्जा निक्षेप अनुपात पुगेका संस्थाले निक्षेप संकलन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।