
ईरानले अतिवादी मुस्लिमलाई सहयोग गरिरहेको आरोपपनि लगाइएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेयता कुनैपनि देशविरुद्ध लगाइएको यो पहिलो प्रतिबन्ध हो ।
जसअन्तर्गत ईरानका १२ कम्पनी र ईरान र अरु देशमा रहेका १३ जनाविरुद्ध प्रतिबन्ध लगाइएको हो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरान आगोसँग खेलिरहेको चेतावनी पनि दिएका छन् ।
उनले पूर्व राष्ट्रपति इरानप्रति लचक रहेपनि आफू त्यस्तो नहुने चेतावनी इरानलाई दिएका हुन् । इरानले विद्रोहीलाई साथ दिएको आरोप राष्ट्रपति ट्रम्पको छ ।
इरानको ब्यालेस्टिक मिसाइल परीक्षण तथा निर्माण विश्व सुरक्षा तथा अमेरिकाका सहयोगीका लागि खतरा रहेको अमेरिकी वित्त मन्त्रालयको भनाइ छ ।
इरानको पछिल्लो कदमले ओबामा प्रशासनले इरानसँग गरेको परमाणु सन्धि देशको हितमा नरहेको प्रष्ट भएको ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले दाबी गरे ।
इरानले गत बुधबार ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । इरानले भने आफूले गरेको मिसाइल परीक्षणले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको परमाणु नियम तथा सन् २०१५ मा भएको सम्झौताको उल्लंघन नगरेको दाबी गरेको छ ।
सन् २०१५ मा अमेरिकासँग परमाणु सम्झौता भएपछि पनि इरानले धेरै पटक मिसाइल परीक्षण गरेको छ ।
राष्ट्रपति ट्रम्पले इरानसहित सात मुस्लिम बाहुल्य देशका नागरिक र आप्रबासीलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इरानले परमाणु परीक्षण गरेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्