
राष्ट्रपतिले जारी गरेको कार्यकारी आदेशलाई अन्यथा गर्ने अधिकार अमेरिकी राज्यहरुसँग नरहेको भन्ने सरकारी वकीलको दावीलाई खारेज गर्दै अदालतले राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सरकार यस फैसलाविरुद्ध अपीलमा जानसक्ने बताइएको छ । उक्त आदेशविरुद्ध अदालत उभिएपछि ट्रम्प प्रशासन चुनौति खेपिरहेको छ ।
ट्रम्पको आदेश यता करीब ७० हजार भिसा रद्द गरिसकेको बताइएको छ । यसैबीच नर्वेका पूर्व प्रधानमन्त्रीलाई उनको पासपोर्टमा इरानी भिसा भएकै आधारमा अमेरिकी विमानस्थलमा रोक लगाइएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्