Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


म्यान्चेस्टर सिटीद्वारा वाट्फोर्ड पराजित, सिटीलाई ४ अंकको अग्रता


0
Shares

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३–१ ले पराजित गरेको छ ।

गएराति भएको खेलमा सिटीका लागि राहिम स्टर्लिङले ह्याट्रिक गर्दा वाट्फोर्डका जेरार्ड डेलोफुले एक गोल फर्काए ।

जितसँगै सिटीले शीर्ष स्थानको अग्रतालाई फराकिलो पारेको छ । ३० खेलबाट सिटीको ७४ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्यामलाई साउथह्याम्पटनले २–१ ले हराएको छ ।

गएराति लेष्टर सिटीले फुल्हमलाई ३–१ ले हराउँदा न्युकासल युनाईटेडले एभर्टनमाथि ३–२ को जित निकालेको छ ।

यसैगरी बर्नमाउथले हडर्सफिल्ड टाउनलाई तथा कार्डिफ सिटीले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराउँदा ब्राईटनले क्रिष्टल प्यालेसमाथि २–१ को जित निकालेको छ ।

प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । आज लिभरपुल र बर्न्ले भिड्दा चेल्सी र वुल्भरह्याम्पटन तथा आर्सनल र म्यान्चेस्टर युनाईटेड आमने सामने हुनेछन् ।