
प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो खेलमा नेपाली समय अनुसार सवा ६ बजे चेल्सी र आर्सनल भिड्दैछन् । साताको बहुप्रतिक्षित यो लण्डन डर्बि चेल्सीको मैदानमा हुने छ ।
प्रतियोगिताअन्तर्गत आजै हुने अन्य खेलमा क्रिष्टल प्यालेस र सण्डरल्याण्ड, एभर्टन र एएफसी बोर्नमाउथ, हलसिटी र लिभरपुल, साउथह्याम्पटन र वेष्टहाम युनाइटेड, वार्टफर्ड र बर्नले, वेष्टब्रमविच आल्बियन र स्टोक सिटी तथा टोटनहाम हट्स्पर र मिडल्सब्रो भिड्दै छन् ।
प्रिमियर लिगको अंक तालिकामा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । समान खेलबाट ४७/४७ अंक जोडेका टोटनहाम हट्स्पर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।
समान ४६ अंक जोडेका लिभरपुल र म्यानचेष्टर सिटी क्रमशः चौथो तथा पाँचौ स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्