प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको आज राजधानीमा उद्घाटन गर्दै नेता नेपालले निर्वाचन नै अहिलेको प्राथमिकता भएकाले तत्काल मिति घोषणा गर्न सुझाव दिए ।
मुलुकका लागि उच्च राजनीतिक संस्कार आवश्यक रहेकाले सरकार निर्वाचन गर्न बाधक बन्न नहुने उनको भनाई थियो ।
वरिष्ठ नेता नेपालले निर्वाचन घोषणा गरेपछि को–को सहभागी हुन्छन् भन्ने कुरा गौण भएको बताए ।
कार्यक्रममा प्रेस चौतारीका संस्थापक प्रदिप नेपाल, एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टलगायतले प्रेस स्वतन्त्रताबारे आ–आफ्नो धारणा राखेको स्थापना दिवसका अवसरमा प्रेस चौतारीले प्रदिप नेपाल, गोपाल थपलियालगायतलाई सम्मान गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्