
झापामा जारी प्रतियोगिताको शनिबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मनाङले फाइनलमा ठाउँ पक्का गरेको हो ।
मनाङको जितमा मध्यान्तरअघि नै विमल रानाले निर्णायक गोल गरे ।
अब उपाधिका लागि मनाङले झापा–११ सँग खेल्नेछ ।
झापाले पहिलो सेमिफाइनलमा शुक्रबार हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्