८ वर्षपछि आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको माहोल आफ्ना पक्षमा पार्न विद्यार्थी संगठनहरु प्रचार–प्रसारमा जुटेका हुन् ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरु प्रचार–प्रसारमा जुटेका छन् ।
आफूनिकटका विद्यार्थी संगठनले स्ववियुमा हासिल गर्ने मतलाई दलहरुलेसमेत ‘मिनी’ जनमतकोरुपमा लिने भएकाले यसमा राजनीतिक चासो पनि त्यत्तिकै देखिएको छ ।
ठूला दलहरुले आफूनिकटका विद्यार्थी संगठनलाई विद्यार्थी जनमत आफ्नो पक्षमा पार्नेखालका नीति तथा कार्यक्रमको प्रचार गर्न सुझाव दिइसकेका छन् ।
निर्वाचनमा मुख्य गरी नेवि संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यी संगठनले सर्वसुलभ र राजनीतिमुक्त शिक्षालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले अबको विद्यार्थी राजनीति विकास र प्रगतितर्फ उन्मुख हुनुपर्ने बताए ।
उनले सोही एजेन्डासहित आफ्नो संगठन चुनावमा होमिएको बताए ।
अनेरास्ववियुका महासचिव ऐन महरले विश्वविद्यालय तथा क्याम्पसलाई राजनीति गर्नेभन्दा पनि शैक्षिक उपलब्धि हासिल गर्ने थलोकोरुपमा विकास गर्नुपर्ने एजेन्डासहित आफ्नो संगठनले चुनावी प्रचारलाई तीव्रता दिएको बताए ।
८ वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा शैक्षिक वातावरणमासमेत नकारात्मक प्रभाव पर्दै गएको ठहर अधिकांश विद्यार्थी संगठनले गरेका छन् ।
अनेरास्ववियुका महासचिव महर स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न भएर क्याम्पसहरुमा शैक्षिक वातावरण सिर्जना हुने दाबी गर्छन् ।
नेवि संघका अध्यक्ष महर पनि निर्वाचनलाई शैक्षिक क्षेत्रको विकास गर्ने अवसरकारुपमा लिनुपर्ने बताउँछन् ।
अखिल क्रान्तिकारीले पनि स्ववियु निर्वाचन आफ्नो पक्षमा शैक्षिक क्षेत्र सुधारको नारा अघि सारेको छ ।
उसले विद्यार्थी संगठनहरु आपसमा भिडेर नभइ सहकार्य र एकताबाटै अघि बढ्नुपर्नेमा जोड दिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्





प्रतिक्रिया दिनुहोस्