Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको चौथो हार, वेस्ट इन्डिजसँग ४३ रनले पराजित


0
Shares

नेपाल शनिबार वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित् २० ओभरमा ७ विकेटको क्षतिमा २०८ रन बनायो ।

केभिन एन्ड्रयु डगलसले ९६ रन बनाएको इनिङमा नेपालका सुनील थापामगर, रमेशबहादुर बानियाँ, विक्रमबहादुर राना र पदमबहादुर बदैलाले एक–एक विकेट लिए ।

जवाफमा नेपालले पूरा ओभर खेल्दै ३ विकेटको क्षतिमा १६५ रनमात्र बनाउन सक्यो ।

सुनील थापामगरले ५० बलमा अविजित रहँदै ७० तथा लोकबहादुर थापाले २९ बलमा अविजित रहँदै ३६ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

यसअघि, नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान र बंगलादेशसँग पराजय भोगेको थियो ।

१० टोली सहभागी प्रतियोगितामा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।

छैटौैं खेलमा नेपालले आइतबार (भोलि) श्रीलंकासँग खेल्नेछ ।